प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ

विराटनगर । मोरङको बिराटनगर-१४ स्थितबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षिय निसान चौधरी र इटहरी-१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन ।


हिजो राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो ।

खैरो हिरोईन फेला परे सगै मोटर साईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..