भन्सार छली गरी ल्याइएका खुद्रा सामान बोकेको ट्रकसहित चालक पक्राउ


वीरगञ्ज। प्रहरीले वीरगञ्जबाट खुद्रा सामान तथा औषधि बोकेको एउटा ट्रकसहित चालकलाई पक्राउ गरेको छ । बारा परवानीपुर गाउँपालिका-२ बस्ने ३३ वर्षीय नसरूदीन मियालाई पक्राउ गरेको हो।


प्रहरीले वीरगञ्ज-२१ परवानीपुर चोक स्थित सडकखण्डबाट प्रदेश नं. २-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई बिहीबार बिहान नियन्त्रणमा लिएको थियो । ट्रकमा बिल बिजक भन्दा बढी खुद्रा मालवस्तुहरू तथा औषधिहरू लोड गरी पोखरा लैजाँदै गरेको सूचना प्रहरीले पाएको थियो।


ट्रकलाई रोकेर चेकजाँच गर्दा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेकोले चालक मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

औषधि तथा ट्रकको ६० लाख रुपैयाँ मूल्यांकन गरी चालकसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..