काठमाडौ। पछिल्लो केही महिनायता बैकिङ कसुरका मुद्दा हत्वातै बढेर गएका छन्। नेपाल प्रहरीको तथ्याङक अनुसार देशभर दैनिक १२ वटाभन्दा धेरै बैकिङ कसुरका उजुरी पर्ने गरेको देखिन्छ।चालु आर्थिक वर्षको पाँच महिनामा मात्र देशभर १ हजार ८ सय ७ वटा बैकिङ कसुरका उजुरी परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए। गएको आर्थिक वर्षको पाँच महिना तुलना गर्दा १ सय ५ प्रतिशत भन्दाबढीले यस्ता मुद्दा बढेको हो। आर्थिक वर्ष २०७७/७८ मा २ हजार ३ सय ७३ उजुरी परेको थियो। यसरी पर्ने उजुरीमा सबैभन्दा धेरै चेकअनादरका रहेका छन्।
आर्थिक वर्ष २०७५/७६ मा ३ हजार १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७६/७७ झन् मुद्दा दर्ता संख्या माथि नै रह्यो २ हजार ९ सय १० काठमाडौं उपत्यकासहित देशभर ३ हजार ३ सय ९ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।
२० जना विदेशी नागरिकसहित ४ सय ३६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आर्थिक वर्ष २०७३/७४ मा देशभर ९३ वटा मात्र बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए।आर्थिक वर्ष २०७४/७५ मा ७ सय ७६ वटा बैकिङ कसुरका घटना भए। जसमा काठमाडौं उपत्यकाभित्र मात्रै ४ सय ८८ वटा मुद्दा दर्ता भएका थिए। ३ सय १५ जना मानिस पक्राउ परे। जसमा तीन जना विदेशी नागरिक समेत रहेका थिए।


