पॉचौ समुह खोइ ?

बसन्त कुवर

काठमाडौं । म फेरी यो कुरै एकपटक पुन लेख्दै छु।म दंगा गण पीलुवामा बारामा थींए र अफीस नबनेकाले हेटौडामा बस्दथें।हेटौडामा डीआइजीपी रुपाल शंसेर राणा हुनु हुन्थ्यो र एकदीन तत्कालीन प्रधानमंन्त्री गीरीजा प्रसाद कोइरालाको हेलीकोप्टर एक्कासी डीआइजीपी अफीसमा उत्रीयो जॉहा मैले पनी पॉच मीनेट प्रधानमंन्त्री संग कुरा राख्न पॉएं। मैले अनुरोध गरें “ सम्माननीए प्रधानमंन्त्री ज्यु देसमा समानुपातीक हीसाबले बीकाष भै रहेको छैन अत प्रत्यक मंन्त्रालए हरुमा तराइ,पहाड र हीमाल बीभाग बनाइ सबै क्षत्रको समान रुपमा बीकाष गर्ने योजना गर्दा राम्रो होला “। पहीला त नमागी पुलीसको त्यो पनी जाबो एसपीले दीएको मेरो सल्लाह लाइ प्रधानमंन्त्रीले चुरोटमा उडाएझैं लाग्यो तर भोली पल्टको कान्तीपुर दैनीकमा प्रथम पेजमै समाचार आयो “ प्रत्यक मंन्त्रालएमा हीमाल पहाड र मधेश बीभाग बन्ने “। यो कुरा प्रधान मनंत्रीले हेटौडा बाट फर्कीए पछी बीमानस्थलमै भन्नु भएको रहेछ ।

त्यो समाचारले देश भरी तरंग ल्यायो ।प्रधानमंन्त्री ज्यु को पनी खुब प्रसंसा भयो। तर त्यो काम भने भएन ।यदी कार्यान्वएन भै दीएको भए साएद आजको संघीएता आबस्यक नठानीन पनी सक्थ्यो होला ।सरकारको मेसीनरी बाट प्रत्यक भुगोलको समान रुपले बीकाष गर्ने खास पद्धती पनी बनी सकेको हुन्थ्यो होला ।यदी त्यस बखत सॉच्चीकै प्रत्यक मंन्त्रालए हरुमा त्यस बखत हीमाल पहाड र तराइ बीभाग बनेको भए ,मावोबादी युद्ध लाइ कन्टेन गर्न पनी बल मील्थ्यो होला ।

त्यो बीचार समाचारमा मात्र प्रचार हुंदा पनी त्यस दीन प्रधानमंन्त्री कोइरालाको बौद्धीकताको खुब कदर भएको थीयो। छापा हरुले प्रधानमंन्त्रीको खुलेर तारीफ गरेका थीए।तर बीचार त मेरो थीयो। मैले त त्यस बीषए सोचे बापत कतै बाट प्रसंसा पाइ रहेको थीइन।बरु म त्यस बखत तत्कालीन प्रहरी प्रमुख अच्युत खरेल साबको काम नलाग्ने अफीसर भै महत्वहीन स्थानमा दीन काट्दै थींए ।मेरा बीचार र क्षमताको उपयोग गरी सॉगठन लाइ मद्धत गर्न सक्ने पोजीसनमा त्यस बखत म थीइन।

यो घटना मैले पुन लेख्नुको उध्यस्य मेरा बीचार महान थीए भन्ने होइन बल्की यो कुरा स्पष्ट पार्न हो की जब कुनै ब्यक्ती प्रधान मंन्त्री ,मंन्त्री वा सचीब ,शुरक्षा प्रमुख आदी पदमा पुग्नु हुन्छ, त्यस पछी वॉहा हरु संग सोच्ने सम्मको पनी समए हुदैन। वॉहा हरुको अधीकॉस समए औपचारीक कार्यक्रममा भाग लीदै र मान्छे भेट्दै बीत्दछन् ।यस्तो अबस्थामा ती शक्ती केन्द्रमा रहेका हरु बाट कती राम्रो काम हुनेछ भन्ने कुरा वॉहा हरु वरी परी को को बाट घेरीएर बस्नु भएको छ र ती घेर्ने हरुको क्षमता कती छ ? भन्ने कुरामा नीर्भर गर्दछ ।आइजीपी साबका हकमा पनी यही नीएम लाग्दछ ।

मैले देखें , आइजीपी साब हरु संग तीन प्रकारका मानीस हरु वरीपरी हुन्छन् जस्ले आइजीपी हरु को सोच परीबर्तन गर्न सक्तछन्। पहीलो आफ्ना लागी धन जोडीदीने समुह, दोश्रो आफुलाइ आइजीपी बनाउन नेता,प्रसासक, र पत्र पत्रीका का साथै शक्ती केन्द्र लाइ आफ्नो फेबरमा ल्याउन मद्गत गर्ने समुह, तेश्रो परीबारका सदस्य हरु ।काम गर्ने तलका कर्मचारी हरु चौथो समुहमा पर्दछन् जस्ले आइजीपी साब हरुको सोच परीबर्तन गर्न सक्तैनन् ।तीन्को काम केबल आइजीपी साबको जए जए कार गाउने ,लाए अह्राएको काम गर्ने र जागीर जोगाउने मात्र हुन्छ ।उनी हरु सुझाब दीएर आइजीपी हरुलाइ प्रभाबीत गराउन सक्ने स्थीतीमा हुदैनन् ।

तर यस्लाइ म आइजीपी साब हरुको दुर्भाग्य नै भन्छु की नजीक रहेका पैसा कमाइदीने समुह बाट फौज र जनताका हकका कुनै सल्लाह सुझाव आउनै सक्तैन ।मावोबादी युद्धमा पनी यस्ता समुह त लडाइ जीत्ने कला बारे होइन युद्धमा धन कसरी कमाउने ? भन्ने बीषएमै सल्लाह दीनै ब्यस्त थीए । हेलीकोप्टर देखी बंदुक सम्म खरीद गर्दा कसरी कमीसन पडकाउने भनेर संझाउनै ब्यस्त थीए। सुडान कॉण्डमा कसरी थोत्रा टैंकमा रंग लगाउने भनी सीकाउनै ब्यस्त थीए ।यो समुह बाट आइजीपी साब हरुको मान सम्मान बड्ने होइन बरु बदनाम हुने मात्र संभाबना रहन्छ ।

दोश्रो आइजीपी बन्न सहयोग गर्ने समुह केबल कुरा मात्र लगाइ रहेका हुन्छन् र गुटगत सोच मात्र बडाइ रहेका हुन्छन् ।फलानो लाइ मीलाउन पर्यो भनी आइजीपी लाइनै सोसण मात्र गरी रहेका हुन्छन् ।त्यो काम गरे बापत तक्मा र राम्रो सरुवा मागी रहेका हुन्छन् ।यस्ता पात्र प्रहरी हरु बाट आइजीपीको मान सम्मान बडेने काम कदापी हुन सक्तैन बरु अलोकप्रीएता बड्दछ ।

तेश्रो समुह परीबार हुन्छ ।परीबार लाइ प्रहरीको आन्तरीक कुरा थाहा हुदैन तर आफ्नो मान्छेको राम्रो होस् भन्ने चाही हुन्छ।परीबारका सदस्य हरुलाइ पनी प्रथम र दोश्रो समुहले दुरुपयोग गरी रहेका हुन्छन् ।परीबार बाट आइजीपी हरुको नाम राख्ने काम हुन सक्तैन।

चौथो समुह बाट त कुनै नौलो बीचार आउने संभाबनानै हुदैन ।अत आइजीपी साब हरुले यस्का लागी पॉचौ समुह गठन गर्नु पर्दछ ।त्यो पॉचौ समुह हो सही सल्लाहकार समुह । त्यो समुह जत्ती शक्तीसाली र ब्यबसाइक हुन्छ ,जनता र संगठनमा आइजीपी साब पनी त्यतीनै सफल हुने छन् । नत्र पहीलो र दोश्रो समुहले वॉहा हरुलाइ धनी त बनाइ दीने छन् तर बदनाम र गुमनाम पनी ।

हरेक सासकको सफलता यही पॉचौ समुहको छनौट र तीन्का कार्यदक्षतामा नीर्भर गर्दछ तर धेरै आइजीपीका केबल पहीलो दोश्रो र तेश्रो समुह मात्र वरीपरी हुने गरेको देखीयो ।अनी कॉहा बाट हुन्छ नाम , कीर्ती र सुन्ने सुनाउने इतीहास।???

तर दुर्भाग्य नै भनौ ,धेरै आइजीपी साबका पॉचौ समुह नै हुन्थेनन्। गुट लाइ नै पॉचौ समुह मानेको देखीयो जुन गलत सोच थीयो ।पॉचौ समुह गुट होइन त्यो ब्यबसाइक
र श्रीजनसील समूह हो ।त्यो समुहका प्रहरी हरु धन वा चाकडीमा होइन काम र नाममा बीश्वास राख्तछन् ।तर धेरै आइजीपी हरुले इनै समुह लाइ नै देखी नसहेको देखीयो ।कारण थीयो वॉहा हरुको अब्यबसाइकता ।कारण थीयो ब्यबस्थापन नबुझेका तर ठुलो पदमा पुगेको अबस्था ।

यदी पॉचौ समुह छैन भने बुझे हुन्छ ती आइजीपी या त बदनाम हुने छन् की गुमनाम। इतीहासमा आदरणीए त कदापी हुने छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..