इच्छाराज र केशवलाल थुनामा

काठमाडौं ।ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत काठमाडौंले पूर्वसभासद् इच्छाराज तामाङलाईै पूर्पक्षका लागि थुनामा पठाएको छ। तामाङसँगै अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ। लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो।


इजलासले बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ भने संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानका आधारमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर गरिएको थियो । साथै, निक्षेपकर्ताहरुको रकम हिनामिना गरेको भन्दै सीआइबीले अध्यक्ष तामाङसहित ४२ जनासँग ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा माग दाबी गरिएको थियो ।

अदालतमा दर्ता भएको अभियोग पत्रमा तामाङविरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ। तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत अभियोगपत्रमा माग गरिएको छ।


केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। अन्य ३० जना फरार रहेको प्रहरीले जानकारी दिएको छ। गत असोज १९ गते सीआईबीले तामाङसहित १२ जनालाई ठगी मुद्दामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..