राजा वीरेन्द्रको जन्मजयन्ती ६ बुँदे शर्तहरु मानेको भए अहिले पनि राजसंस्था कायम हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु राखेको ६ बुँदे शर्तहरु मानेको भए अहिले पनि राजसंस्था कायम हुने बताएका छन् ।राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाम मात्रैको भएपनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति पनि नआउने बताएका हुन् ।

उनले राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको स्मरण गरे । लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे ।२०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसँग विलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे ।उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे ।

वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्तिप्रेमी राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै जवलाखेलमा आज दीप प्रज्वलन गरेको छ ।प्रतिष्ठानले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व. शाहले पु¥याएको योगदानको स्मरण गरेको छ ।प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई अन्तर्राष्ट्रिय तहमा फरक पहिचान बनाउन शान्ति क्षेत्रको प्रस्ताव गरेका स्व राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए ।

उक्त प्रस्तावका पक्षमा ११६ राष्ट्रले हस्ताक्षर गरेका जनाइएको छ ।जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले सरल स्वभावका राजा वीरेन्द्रले विसं २०४६ मा बहुदलको पुनःस्थापना गरी प्रजातन्त्रको पक्षधर भएको पुष्टि गर्नुका साथै सुशासन कायम गर्न प्रयत्नशील व्यक्तित्वका रूपमा छवि बनाएकाले शान्तिप्रेमी, असल कूटनीतिज्ञ र राष्ट्रवादी नेताका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए ।उनले राजा वीरेन्द्रले राष्ट्रवादी आदर्श र योगदानको उच्च मूल्याङ्कन गरी देशमा विधिको शासनका माध्यमबाट जनताको उन्नति गर्न सकेमा उहाँप्रतिको सच्चा सम्मान हुने विचार व्यक्त गरे ।उक्त स्थानमा रहेको वीरेन्द्रको सालिकमा माल्यार्पण गरिएको थियो ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व. राजा वीरेन्द्र शाहको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६२-०६३ सालको जनआन्दोलनका क्रममा स्व राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै आएको थियो । बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो ।

गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले वीरेन्द्रचोकमा सालिक राखेको हो । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व।राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नुपरेको पिठाधीश बलभद्रले बताए । वीरेन्द्र २०२३ मा सुर्खेत भ्रमण आएका थिए । उक्त समयमै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए । आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए । राजाको सालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।

भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक २०४३ सालमा राखिएको थियो । वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले सालिकको अनावरण गरेकी थिइन् । वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए । ‘२०२३ सालमै अञ्चलाधीश रामबहादुर रावलले त्यस खबतका युवराज वीरेन्द्रको नामबाट यसको नामाकरण गरेका थिए,’ उनले भने, ‘त्यसबखत युवराजको नामबाट नामाकरण भएको यो नेपालकै पहिलो सदरमुकाम र पहिलो सहर पनि हो ।’


विसं २००२ पुस १४ जन्मनुभएका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डमा वंश नाश भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..