कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाद्वारा शेर्पाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाका पिता एवं सोलुखुम्बु कांग्रेसका पुराना नेता नुर्वुवाङ्डा शेर्पाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी सोमबार साँझ निधन भएका शेर्पाको निधनप्रति प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरेका उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले स्व शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–३ निवासी स्व शेर्पाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्व शेर्पा सोलुखुम्बु कांग्रेसका पूर्वसदस्यसमेत थिए ।

प्रजातन्त्रप्रति प्रतिबद्ध, सरल, मिलनसार र सहयोगी शेर्पाको निधनले कांग्रेसले एक अनुभवी र अग्रज व्यक्तित्व गुमाएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..