नियन्त्रीत लागुऔषध सहित ४ जना पक्राउ


बिराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ बाट ३ जनालाई नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षिय सौरभ कडरिया, २२ बर्षिय निशान न्यौपाने र याशोक गाउँपालिका-२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ बर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ बाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । मंगलवार राती ९ बजेको समयमा CRV POST केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का ३८ बर्षिय अम्बर बहादुर गदाललाई लागुऔषध लुपिजेसिक ३२ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..