कैलालीको लम्कीमा डीएसपीको नेतृत्वमा प्रहरी खटाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कैलालीको लम्कीमा प्रहरी नायव उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नावय निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले आज प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई उक्त निर्देशन दिएका हुन्। जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ। मन्त्री खाँणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताए। नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।

टोलीले मन्त्री खाँँणलाई बुझाएको ध्यानाकर्षणपत्रमा गत कात्तिक २३ गते टिकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै यही पुस २ गते जानकी गाउँपालिका-९ अमरावतीमा अर्जुन दासको हत्याको निष्पक्ष छानविन गरी दोषीलाई कानून बमोजिम कारबाहीको माग गरिएको छ।

ध्यानाकर्षणपत्रमा कमजोर सुरक्षा निगरानीका कारण कैलालीमा आपराधिक घटना भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..