सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा जारी


सर्लाही। प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार राति ७ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो ।

निषेधाज्ञाको समयमा घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।
इलाका प्रहरी कार्यालय केशरजंगबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुरको वडा नम्बर ८ रामपुर टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।यस्तै, इलाका प्रहरी कार्यालय केशरजंगबाट उत्तर ईश्वरपुर नगरपालिकाको वडा नम्बर ५ सखुबानी टोलसम्म तथा दक्षिणमा वडा नम्बर ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको गाडीले ठक्कर दिँदा स्थानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय वासिन्दाले लगातार प्रदर्शन गर्दै आएका छन् । सोमबार स्थानीय वासिन्दाले प्रहरीको गाडीसमेत जलाइदिएका थिए ।इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका वडा नम्बर ७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका-५ का महतोको मृत्यु भएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको उपचार गर्दागर्दै राति नै मलंगवा अस्पतालमा मृत्यु भएको थियो ।प्रहरीले भने महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको भ्यानमा ठोक्किएको जनाएको छ । प्रदर्शनकारीहरुले रातिमा भएको घटना प्रहरीले लुकाएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..