पर्साबाट लागू औषधसहित एक जना पक्राउ


पर्सा। प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..