नेपाली सेनाका उपरथी, सहायक रथी र महासेनानीको सरुवा तथा पदस्थापन


काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डाले एकैपटक ८ पुसबाट लागू हुनेगरि बढुवा भएका दुई उपरथी, सात सहायक रथी र सात महासेनानीको पदस्थापन गरेको छ । यस्तै पाँच उपरथी, ३२ जना सहायक रथी र ३९ जना महासेनानीको सरुवा नियुक्ती भएको छ । सहायक रथीबाट उपरथीमा बढुवा भएका सहायक रथीद्धय प्रदिपजंग केसीको मध्यकमाण्डबाट सैनिक ईण्टेलिजेन्स कोरको प्रमुख बनेका छन् । यस्तै पश्चिम कमाण्डमा रहेका योगराज शर्मालाई उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मेबारीसहित पदस्थापन गरिएको छ ।

यस्तै सहायक रथीमा बढुवा भएका भोलानाथ थापालाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको कार्यालय काजमै थमौती गरिएको छ । सैनिक सचिव विभागमा दरबन्दी भएर काठमाण्डौं तराई मधेश द्रुर्त राजमार्ग सडक आयोजना प्रमुखको कार्यालयमा रहेका विष्णुकुमार खड्कालाई १ नम्बर बाहिनीपतिमा पदस्थापन गरिएको छ ।


मध्यकमाण्डमा दरबन्दी भएर २१ नम्बर बाहिनी अड्डामा काज रहेका कृष्णप्रसाद भण्डारीलाई त्यही बाहिनीपति बनाइएको छ । उपत्यका कमाण्डमा रहेका प्रकाशराज थापालाई मध्य कमाण्ड पठाइएको छ । पूवी कमाण्डमा दरबन्दी भएर युद्धकार्य निर्देशनालयमा काज रहेका भुवन खत्रीलाई विशेष फौज बाहिनीको बाहिनीपति बनाइएको छ ।


नीति तथा योजना निर्देशनालयमा रहेका ज्योतिन्द्र महतलाई २६ नम्बर बाहिनीपति बनाइएको छ । १ नम्बर बाहिनीमा रहेका कुमार सिलवाललाई १६ नम्बर बाहिनीपति बनाइएको छ । यस्तै प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका शरद लामिछाने (नीति तथा योजना निर्देशनालय), भेष बहादुर केसी (सैनिक नियम पालक प्रोभोष्ट मार्सल), संजित श्रेष्ठ (सचिव, पिएसओजको कार्यालय), विनोद चन्द ( पूर्वी कमाण्ड ), सुधिरप्रताप सिंह ( पश्चिम कमाण्ड), हरिशबहादुर बम (मध्य कमाण्ड) र सुमन खड्का (सहायक बाहिनीपति, २४ नम्बर बाहिनी) मा पदस्थापन गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा आर्कषण विभाग, महानिर्देशनालय, निर्देशनालय, कमाण्ड, बाहिनी र कार्यालयमा रहेका उपरथी, सहायक रथी र महासेनानीको सरुवा गरेका छन् ।
जसअनुसार सबैभन्दा सिनियर रहेका उपरथी अनन्त कार्कीलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समितिको कार्यालयमा काज थमौती गरिएको छ ।

उनको व्यवस्था, नीति तथा योजना विभागबाट राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयको महानिर्देशकका रुपमा सरुवा भएको थियो । यस्तै निरीक्षणाधिकृत विभागमा रहेका उपरथी सिताराम खड्कालाई सैनिक तालिम महानिर्देशनालयको महानिर्देशक बनाइएको छ । त्यहाँ रहेका उपरथी निरन्जनकुमार श्रेष्ठको निरीक्षणाधिकृत विभागमा सरुवा गरिएको छ ।

उपत्यका कमाण्डबाट प्रधानसेनापति भएको केही दिनमै व्यवस्था, नीति तथा योजना विभागमा काज सरुवा गरेका उपरथी अशोकराज सिग्देलको त्यही सरुवा नियुक्ती भएको छ । यस्तै सैनिक सचिव विभागको अतिरिक्त समूहमा दरबन्दी भएर शोध तथा विकास महानिर्देशनालयमा काज गरिएका उपरथी विज्ञान देव पाण्डेलाई त्यहीको महानिर्देशक बनाइएको छ ।

जंगी अड्डाले विपद व्यवस्थापन निर्देशनालयमा रहेका सहायक रथी रामनाथ शर्मा ढुंगानाको उपत्यका कमाण्ड, पश्चिम कमाण्डमा रहेका सहायक रथी मिनध्वज खड्काको तालिम योजना तथा अभ्यास निर्देशनालय, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा रहेका सहायक रथी लवकुमार रायमाझीलाई राष्ट्रिय सेवा दलको निर्देशकको रुपमा सरुवा भएको छ ।


यस्तै नेपाली सैनिक व्याटल स्कुलमा रहेका सहायक रथी दिपककुमार बाँनियाको तालिम निर्देशनालय, सैनिक तालिम महानिर्देशनालय, राष्ट्रिय सेवा दलमा रहेका सहायक रथी शंकरबहादुर पण्डीतको मानव अधिकार निर्देशनालयको निर्देशक, निरीक्षण निर्देशनालयमा रहेका सहायक रथी होमनाथ दवाडीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सहायक संयोजक, भर्ना छनौट निर्देशनालयमा रहेका सहायक रथी याम प्रसाद ढकाल निर्देशक, विपद व्यवस्थापन निर्देशनालय, सर्भे तथा सीमा अनुगमन निर्देशनालयमा रहेका सहायक रथी सागर बहादुर थापाको सैनिक ईण्टेलिजेन्स कोरसहित सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालयको निर्देशक समेतको जिम्मेबारी,२१ नम्बर बाहिनी अड्डा दरबन्दी भएर सैनिक कल्याणकारी महानिर्देशनालयमा काज रहेका सहायक रथी विजय थापाको सैनिक कल्याणकारी योजना निर्देशकको कार्यालय, सैनिक कल्याणकारी महानिर्देशनालय, सैनिक सामग्री प्राप्ती निर्देशनालयमा रहेका सहायक रथी आशबहादुर तामाङ्गको नेपाली सैनिक वार कलेज र शान्ति कार्य निर्देशनालयमा रहेका सहायक रथी सुदर्शन सिलवालको मध्य कमाण्डमा सरुवा भएको छ ।


यस्तै सरुवा नियुक्ती हुने सहायक रथीहरुमा सैनिक ईण्टेलिजेन्स कोरमा रहेका सहायक रथी सुशिल कुमार भण्डारी निर्देशक, निरीक्षण निर्देशनालय र २६ नम्बर बाहिनी अड्डामा रहेका सहायक रथी विष्णु राउत निर्देशक, भर्ना छनौट निर्देशनालयमा सरुवा भएको छ ।

जंगी अड्डाले सैनिक प्रवक्ता रहेका जनसम्पर्क तथा सूचना निर्देशनालयका सहायक रथी सन्तोष बल्लभ पौडेललाई शान्ति कार्य निर्देशनालयको निर्देशक बनाएको छ । यस्तै १ नम्बर बाहिनीपति सहायक रथी नारायण सिलवाललाई सैनिक प्रवक्तासहित जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक बनाइएको छ । जंगी अड्डाले सैनिक सचिव विभागमा रहेका सहायक रथी सुनिल श्रेष्ठ निर्देशक, सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय, पूर्वी कमाण्डमा रहेका सहायक रथी यम बहादुर अधिकारी निर्देशक, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय, ३ नम्बर बाहिनीपति सहायक रथी कुमार बाबु थापा निर्देशक, सैनिक संगठन निर्देशनालय, १९ नम्बर बाहिनीपति सहायक रथी मदन कुमार केसी निर्देशक, सीमा अनुगमन तथा सर्भे निर्देशनालय, विशेष फौज बाहिनी सहायक रथी ध्रुवप्रकाश शाह पूर्वी कमाण्ड, २३ नम्बर बाहिनीपति सहायक रथी कृष्णराज आचार्य राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, ४ नम्बर बाहिनीपति सहायक रथी हरेन्द्र पाठक निर्देशक, आपूर्ति तथा परिवहन निर्देशनालय, २२ नम्बर बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्ग निर्देशक, सैनिक सामग्री प्राप्ती निर्देशनालय, मध्य कमाण्डमा रहेका सहायक रथी जोन्सन खड्का बाहिनीपति, १५ बाहिनी अड्डा, सैनिक कमाण्ड तथा स्टाफ कलेज सहायक रथी प्रेम बहादुर पुन बाहिनीपति, ३ नम्बर बाहिनी अड्डा, २५ नम्बर बाहिनीपति सहायक रथी कृष्ण बहादुर जिसी सह(शिक्षाध्यक्ष, सैनिक कमाण्ड तथा स्टाफ कलेज, १६ नम्बर बाहिनीपति सहायक रथी सुनिलराज विष्ट पश्चिम कमाण्ड, राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा रहेका सहायक रथी नवराज गुरुङ्ग बाहिनीपति, २२ नम्बर बाहिनी अड्डा, १५ नम्बर बाहिनीपति सहायक रथी टंक प्रसाद भट्ट पश्चिम कमाण्ड र नेपाली सैनिक वार कलेजमा दरबन्दी भएर सैनिक सचिव विभागमा काज रहेका सहायक रथी गौरव कुमार केसीको सैनिक सचिव, सैनिक सचिव विभागमा सरुवा भएको छ ।

यस्तै सैनिक संगठन निर्देशनालयमा रहेका सहायक रथी रविन्द्र खत्री १९ नम्बर बाहिनीपति र पूर्वी कमाण्डमा रहेका सहायक रथी राम प्रसाद अधिकारी २३ नम्बर बाहिनीपतिका रुपमा सरुवा भएको छ । सैनिक मुख्यालयले उपत्यका कमाण्डमा रहेका महासेनानी पुरुषोत्तम ढकाल निरीक्षण निर्देशनालय, १४ नम्बर बाहिनी अड्डामा रहेका महासेनानी उत्तम कुमार विष्टको ४ नम्बर बाहिनी अड्डा, निरीक्षण निर्देशनालयमा रहेका महासेनानी सन्तोषराज पाण्डे पूर्वी कमाण्ड, सैनिक जनसम्पर्क महाशाखामा रहेका महासेनानी पदमबहादुर बुढा सैनिक सचिव विभाग (काज काठमाण्डौं-तराई-मधेश द्रुर्तमार्ग सडक आयोजना), पूर्वी कमाण्डमा रहेका महासेनानी द्रव्यराम भण्डारी सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय , निरीक्षण निर्देशनालयमा रहेका महासेनानी मदन बन्जारा मध्य कमाण्ड, जंगी असवाव खानामा रहेका महासेनानी सुनिल घले मध्य कमाण्ड, शिकायत जाँच महाशाखा (काज गुणस्तर नियन्त्रण महाशाखा) मा रहेका महासेनानी ललितबहादुर कुँवर उपत्यका कमाण्ड, वीरेन्द्र अस्पतालमा रहेका महासेनानी धन बहादुर थापा पश्चिम कमाण्ड, सैनिक ईण्टेलिजेन्स कोरमा रहेका महासेनानी सोबेन्द्रसिंह महत पश्चिम कमाण्ड, प्रकृति संरक्षण शिक्षालय (काज बलाध्यक्ष विभाग) मा रहेका महासेनानी श्रवणकुमार विष्ट सैनिक सामग्री प्राप्ती निर्देशनालयमा सरुवा भएको छ ।

उनलाई आफ्नो कार्यको अतिरिक्त बलाध्यक्ष विभागमा समेत कार्य गर्ने गरी सरुवा गरिएको छ । यस्तै अति विशिष्ट व्यक्ति सुरक्षा बलमा रहेका महासेनानी राजाराम बस्नेत रणनीतिक अध्ययन तथा योजना निर्देशनालय, सैनिक कल्याणकारी महानिर्देशनालयमा रहेका महासेनानी राजेन्द्रप्रसाद सुनुवार निरीक्षण निर्देशनालय, ४ नम्बर बाहिनी अड्डामा रहेका महासेनानी खेम नारायण पौडेल निरीक्षण निर्देशनालय, नीति तथा योजना निर्देशनालयमा रहेका महासेनानी नारायण बहादुर थापा मध्य कमाण्ड, राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा रहेका महासेनानी शशीकिरण रायमाझी सहायक बाहिनीपति, २५ नम्बर बाहिनी अड्डा, सर्वोत्कृष्ट अभ्यास शाखा (काज कोभिड १९ संकट व्यवस्थापन केन्द्र) मा रहेका महासेनानी नुरेन्द्र मल्ल उपत्यका कमाण्डसहित आफ्नो कार्यको अतिरिक्त कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा समेत कार्य गर्ने, २४ नम्बर बाहिनी अड्डामा रहेका महासेनानी अर्जुन खड्का सहायक बाहिनीपति, १ नम्बर बाहिनी अड्डा, पश्चिम कमाण्डमा रहेका महासेनानी अशोक गुरुङ्ग उपत्यका कमाण्ड, १३ नम्बर बाहिनी अड्डामा रहेका महासेनानी पुरुषोत्तम खड्का राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालय, उपत्यका कमाण्डमा रहेका महासेनानी सुवासजंग थापा पश्चिम कमाण्ड, मध्य कमाण्डमा रहेका महासेनानी बालकृष्ण कार्की डिपोपति, जंगी असवाव खाना, सैनिक सचिव विभागमा रहेका महासेनानी दिरेन्द्रकुमार मल्ल पूर्वी कमाण्ड, निरीक्षण निर्देशनालयमा रहेका महासेनानी लव खत्री सैनिक कल्याणकारी महानिर्देशनालय, पूर्वी कमाण्डमा रहेका महासेनानी रुपेन्द्र बुढाथोकी सैनिक सामग्री उत्पादन निर्देशनालय, २५ नम्बर बाहिनी अड्डामा रहेका महासेनानी ईन्दिबर विष्ट सीमा अनुगमन तथा सर्भे निर्देशनालय, गुणस्तर नियन्त्रण महाशाखामा रहेका महासेनानी महेशशम्सेर जबरा सहायक बाहिनीपति, १३ नम्बर बाहिनी अड्डा, मनोवैज्ञानिक कार्य महाशाखामा रहेका महासेनानी दीपेन्द्र गुरुङ्ग अति विशिष्ट व्यक्ति सुरक्षा बल, रणनीतिक अध्ययन तथा योजना निर्देशनालय (काज काठमाण्डौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजना, आयोजना प्रमुखको कार्यालय) मा रहेका महासेनानी सुनिलसिंह राठौर पूर्वी कमाण्ड, पश्चिम कमाण्डमा रहेका महासेनानी दिवसराज रेग्मी अस्पताल व्यवस्थापन विभाग, वीरेन्द्र अस्पताल, सैनिक अभिलेखालयमा रहेका महासेनानी निर्जलबहादुर अधिकारी सहायक बाहिनीपति, २१ नम्बर बाहिनी अड्डा, मध्य कमाण्डमा रहेका महासेनानी मोहनचन्द्र गुरुङ्ग नेपाली सैनिक प्रतिष्ठान, मध्य कमाण्डमा रहेका महासेनानी प्रशान्त विक्रम राणा शिकायत जाँच महाशाखा, २१ नम्बर बाहिनी अड्डामा रहेका महासेनानी सरोजकुमार अधिकारी सैनिक जनसम्पर्क महाशाखा, नेपाली सैनिक प्रतिष्ठानमा रहेका महासेनानी अर्जुन बस्नेत अभिलेखालयपति, सैनिक अभिलेखालय, पश्चिम कमाण्डमा रहेका महासेनानी मनोज थापा १४ नम्ब। बाहिनी अड्डा, पिएसओजको कार्यालयमा रहेका महासेनानी शिबराज पन्त नीति तथा योजना निर्देशनालय, पूर्वी कमाण्डमा रहेका महासेनानी विक्रम गुरुङ्ग युद्धकार्य निर्देशनालय र पश्चिम कमाण्डमा रहेका महासेनानी मिलन तुलाचन सहायक बाहिनीपति, विशेष फौज बाहिनीमा सरुवा नियुक्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..