अवैध मदिरा नष्ट

पाँचथर । सिक्किमसँगको सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १ लाख २५ हजार ६ सय ६२ रुपैयाँ मूल्यको मदिरा सोमबार साँझ नष्ट गरेको छ ।सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको चिवाभञ्ज्याङस्थित बोर्डर आउटपोस्ट ‘बीओपी’ बाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले तीन दिनअघि नियन्त्रणमा लिएर करदाता सेवा कार्यालयलाई बुझाएको मदिरा नष्ट गरेको हो ।

नष्ट गरिएकोमा ६१ हजार ८ सय २४ रुपैयाँ मुल्यको १ सय ६८ बोत्तल सिक्किमे रम, १७ हजार ८ सय १८ रुपैयाँको १ सय ५१ बोतल हिट बियर, १५ हजार ८ सय ७६ रुपैयाँको ५४ बोतल टाइगर रम, १४ हजार ८ सय ८० रुपैयाँको ४८ बोतल सिक्किमे कञ्चन ब्राण्डी रक्सी र १५ हजार २ सय ६४ रुपैयाँको फायरबल नामक २४ बोतल रक्सी रहेको सशस्त्र प्रहरीको २ नम्बर बाहिनी हिमशिखर गुल्म फिदिमका प्रमुख (डिएसपी) किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुस ९ गते हिउँ परिरहेका बेला सिक्किमतिरबाट नेपालमा अवैध ढंगबाट लिएर आँउदै गरेको समूह सीमा सुरक्षा बलबाट खटिएका सुरक्षाकर्मीलाई देखेर भागेपछि उक्त परिमाणको रक्सी बरामद गरिएको थियो । करिब १५ जनाको समूहमा रहेका उनीहरुलाई हिउँ छिचोल्दै नियन्त्रणमा लिन नसकिएको बताइएको छ ।

उक्त मदिरा करदाता सेवा कार्यालय पाँचथरका निमित्त प्रमूख तुलसादेवी दाहाल नेतृत्वको टोलीले नष्ट गरेको छ ।भारततर्फबाट कर छलेर ल्याइएको अवैध मदिरा पाँचथर, ताप्लेजुङ र इलामका बजारमा खरिद मूल्यभन्दा तीन गुणा धेरैमा खरिद बिक्री हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..