माओवादी केन्द्रमा पदाधिकारी संख्या १५ जना, १२० नयाँ केन्द्रीय सदस्य थपिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ जना रहने निश्चित भएको छ । आज (आइतबार) बिहान बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको संख्या केही थपेर १५ जना पुर्याउने प्रस्ताव पेश भएको जनाइएको छ ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्षपछि एकजना वरिष्ठ उपाध्यक्ष रहने भएका छन् । साथै ६ जना उपाध्यक्ष रहनेछन् । यसैगरी महासचिव १ जना, उपमहासचिव २ जना तथा सचिव ३ जना रहने प्रस्ताव गरिएको छ । एकजना भने कोषाध्यक्ष रहने छन् ।

आजबाट सुरु हुन लागेको पार्टीको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यको संख्या समेत बढ्ने बताइएको छ । यसअघि नेकपा एमालेसँगको एकता हुनुपूर्व २ सय जना केन्द्रीय सदस्य रहेका थिए, पनि एकता भाडिएपछि केही नेता एमालेमै रहे । जसकारण माओवादीमा केन्द्रीय सदस्य संख्या हाल १७९ मात्र कायम थिए ।

यस महाधिवेशनबाट केन्द्रीय समितिमा १२० जना नयाँ सदस्य थपिएर २९९ सदस्य पुर्याइने जनाइएको छ । तर पार्टीको अन्तरिम विधानअनुसार नयाँ केन्द्रीय सदस्य थपिँदा बहालवाला केही केन्द्रीय सदस्यहरु पनि बाहिरिनुपर्ने अवस्था आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..