एकल महिला समूहको अध्यक्षमा कविता पाँणे निर्वाचित

काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर)को अध्यक्षमा कविता पाँणे निर्वाचित निर्वाचित भएकी छन् । लामो समयदेखि एकल महिलाको हक अधिकारका लागि क्रियाशील उनी अधिवक्ता हुन् ।

डब्लूएचआरको हिजोदेखि शुरु भएको ५औं महाधिवेशनको दोस्रो दिन नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट अध्यक्षमा पाँणे निर्वाचित भएकी हुन् । उनी काठमाडौं निवासी हुन् ।अध्यक्षका लागि बाँकेकी शोभा गौतम र पाँणेबीच प्रतिस्पर्धा भएको थियो । यस्तै उपाध्यक्षमा बिमला पराजुली र रेखा अधिकारीबीच भएको प्रतिस्पर्धामा बिमला पराजुली निर्वाचित भएकी छन् ।

महासचिवका लागि प्रतिभा बिष्ट र बिष्णुमाया पाण्डेबीच भएको प्रतिस्पर्धामा बिष्णुमाया पाण्डे निर्वाचित भएकी छन् । त्यस्तै सचिवमा एकमाया बि.क. र मायादेवी शर्माबीच भएको प्रतिस्पर्धामा एकमाया बि.क. र कोषाध्यक्षमा सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा शान्ति महर्जन, सबिता महर्जन, भगवती हमाल, शान्ति पासवान र मिना अधिकारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..