मिसेस नेपाल वल्र्डमा मधेशको प्रतिनिधित्व गर्दै माधुरी

काठमाडौँ । पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा मिसेस वल्र्ड नेपालको ग्राण्ड फिनाले आयोजना हुँदैछ । यो वर्षबाट नेपालबाट विजेता हुने सुन्दरीले मिसेस वल्र्डमा सहभागिता जनाउने छन् ।

मिसेस इन्टरनेसनल नेपालसँगै एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।

मिसेस नेपाल वल्र्ड २०२१ को ग्राण्ड फिनालेमा माधुरी कर्ण प्रतियोगी नम्बर ७को रूपमा सहभागी भएकी छन् । जनकपुरमा जन्मिएकी माधुरी आफूले वीरगन्जको समेत प्रतिनिधित्व गर्ने गरेको बताउँछन् ।समग्र मधेसी महिलाको प्रतिनिधित्व गरेर आवाज बन्ने सोचसहित उनी मिसेस नेपालको प्रतियोगीको रूपमा सहभागी छन् ।

‘महिला माथि विभेद हुने गरेको छ । अझ हाम्रो समुदायमा त अवस्था झन् दयनीय छ । यही विषयमा म महिलाको आवाज बन्ने सपना बोकेर सहभागी भएकी छु, उनी भन्छिन् ।भारतको बेंगलोरबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी उनी एक प्रतिष्ठित कम्पनीमा व्यवसाय विकास व्यवस्थापकको रूपमा कार्यरत छन् ।

परिवारको साथ कै कारण उनी सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछन् ।एक महिनासम्म चल्ने प्रतियोगिताको प्रशिक्षणमा सहभागी छन् अहिले उनी । यो प्रशिक्षणले आफूलाई अझ निखार्न सहायता मिलेको उनको बुझाइ छ । उनले आफ्नो जीतका लागि भोट गरेर विजेता बनाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..