माओवादीको महाधिवेशन आजबाट,सहभागीले खाने बस्ने व्यवस्था आफैँ गर्नुपर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन शुरु हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्नेछ । जसले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नेछ ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलन बनाउदै आएपनि शनिबारको बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियाे ।

शनिबार पार्टीका प्रवक्ता कृष्णबहादुर महराले माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताएका थिए । आज बस्ने केन्द्रीय कमिटीको बैठकले उक्त रुपान्तरण गर्ने उक्त निर्णय अनुमोदन गर्नेछ ।

१ बजेबाट महाधिवेशन

महाधिवेशनको शुभारम्भ आइतबार दिउँसो १ बजेबाट सुभारम्भ हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमो उद्घाटन गर्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।

महाधिवेशन प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्नेसकिने बताइएको छ ।

महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी हुनेछन् । जसका लागि सबै प्रतिनिधि र पर्यवेक्षक काठमाडौं आइपुगिसकेको बताइएको छ ।

खान बस्न आफैँ व्यवस्था गर्नुपर्ने

माओवादीले महाधिवेशनमा सहभागी हुनेहरुलाई खान बस्नका लागि आफै व्यवस्था गर्न लगाएको छ । अधिवेशन तीन दिन चल्नेछ ।

अधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै पार्टीको विधानलगायत अन्य दस्तावेज पेश हुने बताइएको छ । बन्दसत्रपपछि नयाँ नेतृत्व चयनको कार्यक्रम हुनेछन् ।

महाधिवेशनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..