“एमसीसी सम्झौताले तानिएको गठबन्धन , रोक्न चिनियाँ राजदुतको दौडधुप”

काठमाडौं । अमेरिकाले दिन खोजेको एउटा अनुदानका विषयमा फेरि एकाएक राजनीतिक ध्रुबीकरण बढेको छ।यसै बिचमा एमसीसी सम्झौताले तानिएको गठबन्धन रोक्न चिनियाँ राजदुतको बिभिन्न दलहरु माझ दौडधुप पनी तिब्र भएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी सम्झौता अनुमोदनका गर्न आत्तिइरहेको छ भने सरकारमा सामेल भएका अरू दलहरूभित्र त्यसबारे मतभेद छ र यो मौकालाई सत्ता गठबन्धन तोड्ने दाउमा नेकपा एमाले लागिरहेको छ।

एमसिसी अलि परको कुरा हो, नेकपा एमालेका अध्यक्ष ओली चाहन्छन्, यो गठबन्धन भत्कियोस्। उनको रिस नेपाली कांग्रेसँग होइन, माधव नेपाल र प्रचण्डप्रतिको ‘इगो’मात्रै हो।माधव-प्रचण्डलाई एक्ल्याउनका लागि उनी बरू नेपाली कांग्रेसलाई नै समर्थन गर्न तयार छन्।

अनि प्रचण्डलाई ‘डर’ छ, ‘यो गठबन्धन भत्किइ पो हाल्छ कि!’ किनकि अहिले सरकार चलाइरहेको गठबन्धन चुनावसम्मै टिकोस् भन्ने उनी चाहन्छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने- ‘अहिले पनि उहाँले लगातार सदन अवरूद्ध गर्नुको पछाडि उहाँले सर्त राख्नुभएको तपाईँ हामीले सुनेका छौँ। गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटी सरकार बन्न दिने। गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गरिदिने। उहाँले खुलेआम दिएको तर्क।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..