मोटरसाईकल दुर्घटना हुदा १ मृत्यू, २ घाईते


झापा । झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा १ जनाको मृत्यू र २ जना घाईते भएका छन । मृत्यू हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० बर्षिय शेषलाल राजबंशी रहेका छन ।

आज दिउसो साढे बाह्र बजे WB 74P 9717 नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका सोहि स्थानका २७ बर्षिय शिवलाल माझी र ४४ बर्षिय सजन राजवंशी र ४० बर्षिय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..