भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा


काठमाडौं । भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् ।रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् ।

उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् ।यही असार महिनामा कोकाकोलाले देवयानीलाई भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको थियो । ४७ वर्षीया देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् ।

नेपालमा २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि देवयानीको नाम चर्चामा आएको थियो । उनी र युवराज दिपेन्द्रबीच प्रेम सम्बन्ध रहेको तर दरबारले उक्त सम्बन्ध अस्वीकार गरेपछि दिपेन्द्रले दरबारमा गोली चलाएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ ।

लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी देवयानीसँग संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ ।दरबार हत्याकाण्ड भएको ५ वर्षपछि मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी देवयानीका एक छोरा छन् ।भारतका १०० महत्वपूर्ण व्यावसायिकको सूचीको शीर्ष स्थानमा रिलायन्ट इन्डस्ट्रिजका रोहित बंसलको नाम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..