पोखरामा लागूऔषध ,भरुवा बन्दुकसहित पक्राउ

पोखरा । पोखरामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको बुटवल–४ घर भइ हाल पोखरा–१६ जैमुरीचोक बस्ने अनिल खड्गी र ड्यामसाइड बस्ने दिपक भारतीलाई अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधको कारोवार गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खड्की र भारतीलाई पोखराका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । डिएसपी तिवारीका अनुसार प्रहरीले खड्कीको साथबाट नाइट्रोभ्याट ८०५ चक्की, डाईजापाम–२१, फेनारगन–२० र नुर्फिन–२१ एम्पुल लागूऔषध वरामद गरेको छ ।

त्यसैगरी भारतीको साथबाट डाईजापाम –१८, फेनारगन –१८ र नुर्फिन–१८ एम्पुल बरामद गरेको छ । पक्राउ परेका खड्की र भारतीउपर लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी तिवारीले बताए ।

पोखराबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । पोखरा –३२ मजुवामा बोरामा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने ३४ वर्षीय गणेश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
खानतलासी गर्नेक्रममा १ थान बन्दुकसहित बन्दुकमा लाग्ने केप १ थान र बारुद १५ ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

डिएसपी तिवारीका अनुसार इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको टोलीले शंका लागेर खान तलासी गर्दा बन्दुक भेटिएको हो । गुरुङविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..