प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राख्न ३ दलको एकमत

जनकपुरधाम । प्रदेश २ को नामका लागि प्रदेशसभामा ५ वटा प्रस्ताव पेस गरिएको छ । बिहीबार (आज) बसेको प्रदेशसभाको ८औं अधिवेशनको दोस्रो बैठकमा नामाकरणका लागि ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस गरिएको हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट प्रदेश २ को नाम ‘मधेस प्रदेश’ प्रस्ताव पेस भएको छ, जसलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै कांग्रेसले ‘मिथिला–भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले राजेश्वरप्रसाद साहले ‘मध्य मधेश’ प्रदेश प्रस्ताव पेस गरेका छन् । त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको छ ।

यता नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने अझै पेस हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..