माधव–प्रचण्डले जनादेशलाई खण्डित पार्ने काम गरेकाले ताजा जनादेशको कुरा उठाइयो : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद विघटन गरि ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।

अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाइ छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे ।

उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे । उनले एमालेलाई अनुशाशित पार्टी बनाउदैं देशको ठूलो पार्टी निर्माण गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..