माओवादी केन्द्रलाई ‘बुर्जुवा’ पार्टी बनाउन चाहनेहरुले मात्र मेरो विरोध गरेका हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताएका छन् । विहीबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताउदै भने, ‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर भन्छन् । यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त ।’

त्यस्तै अध्यक्ष प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गर्दै भनेका छन्, ‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ । तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ ।’

त्यस्तै उनले ठूलो त्याग आन्दोलनबाट ल्याएको संविधानमा नयाँ ढंगबाट जाने सम्भावना रहेको बताउँदै भने, ‘यो परिवर्तन नरुचाउनु दलाल पूँजीपति या विचौलियहरुले संविधान खारेज गरेर सिस्टममै उल्टाउन लागिरहेका छन् । हामी संविधानलाई रक्षा गर्दै अगाडि जाने पक्षमा छौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..