सिरहा प्रहरीको ठुलो सफलता : सदा हत्या आरोपमा पाँच युवक पक्राउ

लहान । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर – ६ डोहटिया छुरा प्रहारबाट हत्या घटनामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

शनिवार बेलुका गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २२ वर्षिय भुवन प्रसाद महतो, १९ वर्षिय श्रवण कुमार मण्डल, २० वर्षिय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षिय सौकात खान र १९ वर्षिय धर्मेन्द्र यादवलाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।


पक्राउ परेकामध्ये २ जना गोलबजार र ३ जनालाई धनगढीमाई नगरपालिका को जयपुरमा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले जनकारी दिए ।


पक्राउ परेकाहरुलाई आजै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भई रहेका छ ।छुरा प्रहारबाट १९ वर्षिय निकेश घाइते भएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..