कांग्रेसको महाधिवेशनमा ओलीले अनुहार हेर्दै गए, रमाइलो भयो : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य बेला आफूहरुलाई छुवाछुत गरे पनि नेपाली कांग्रेसको १४ औँ महाविधेशनको उद्घाटन सत्रमा भने त्यसो नगरेको बताएका छन् ।

मंगलबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा आफ्नो अनुहारै देख्न नसक्ने ओलीले कांग्रेसको महाधिवेशनमा भने स्टेजमा उक्लेर आफ्नो अनुहार हेर्दै अघि बढ्दा रमाइलो लागेको भन्दै व्यंग्य गरे ।

उनले भने, ‘ओलीले हाम्रो अनुहार देख्दिनँ भन्ने, अन्यत्र छुवाछुतको व्यवहार गर्ने, संसद् अवरुद्ध गर्दै आएका छन् । तर कस्तो संयोग, कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा भने हाम्रो अनुहार हेर्दै गए । रमाइलो भयो ।’

अध्यक्ष नेपालले कांग्रेसको कार्यक्रममा आउन हुने तर, अन्यत्र आफूहरुलाई किन छुवाछुतको व्यवहार गर्ने भन्दै प्रश्न पनि गरे । उनले एउटै स्टेजमा बस्न पनि हुने तर अन्यत्र छुवाछुतको व्यवहार गर्ने कस्तो राजनीति भन्दै थप प्रश्न गरे ।

अध्यक्ष नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनुप परेको बताएका छन् । उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको पनि बताए ।

ओली साह्रै ज्याद्रो मान्छे भएकाले कहिल्यै नसुध्रिने पनि अध्यक्ष नेपालको दाबी छ । साथै, ओलीले संविधानको सम्मान नगर्ने, संसद्‌मा आफूहरुले देख्यो कि सातो जाने गरेको पनि अध्यक्ष नेपालले बताए ।

यसैगरी एमालेले नेपालसहित १४ सांसदहरुलाई कारबाही नगरी बैठक अघि बढाए मान्य नहुने बताउँदै आएकोमा नेपालले सभामुख एक्लो नभएको र सभामुखलाई सधैं साथ रहने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..