अर्बपति बिनोद चौधरी मधेसी कोटामा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं। डलर अर्बपति बिनोदकुमार चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसको संघीय प्रतिनिधिसभाको सांसद पनि हुन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यमा उनले उमेद्वारी दिएका थिए। मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ।


अन्तिम मत परिणाम अनुसार उद्योगी विनोद चौधरी दुई हजार २०६ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। फोर्ब्सको अर्बपतिको सूचीमा करिव दशकयता उनी पर्दै आएका छन्। उनी चौधरी समूहका अध्यक्ष हुन्।
सबैभन्दा बढि मत भने अजय चौरसियाले ल्याएका छन्। उनले दुई हजार ५२२ मत ल्याएका हुन्। चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

चन्द्रमोहन भने नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन्। मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएको समितिले जनाएको छ।


गत मंसिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ। समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..