लागुऔषध सहित एक पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ-६ का २६ बर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..