प्रधानमन्त्री देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने केपी ओलीको रणनीति

काठमाडौं । सत्ता गठबन्धन धरापमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले धरापमा परेको संकेत गरेका छन् । उनले सिधै नेकपा एमालेमाथि सत्ता गठबन्धन तोड्न सक्रिय रहेको आरोप लगाए ।

एमालेले गठबन्धन तोड्न चुनावसम्म काँग्रेसलाई एकमना सरकार बनाउने प्रस्ताव गरेको सम्म भने । हुनपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको १४औं महाधिवेशन उद्घाटनको दिन २४ मंसिरमा महत्वपूर्ण सन्देश दिए । उनले एमाले एक्लै हिंड्दैन भन्दै काँग्रेससँग मिलेर जाने संकेत गरे । त्यसको एक हप्तापछि प्रचण्डले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र गरेको आरोप एमालेमाथि लगाए ।

अहिले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने पक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन् । यही मौकामा ओलीले प्रचण्ड र माधव नेपाललाई असफल बनाउन खोजेका छन् । एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उत्रिएमा ओलीले साथ दिनसक्छन् ।

एमसीसीलाई संसदमा निर्णयार्थ दर्ता गरेर बढाउन सभामुख अग्निप्रसाद सापकोटाको पनि मुख्य भूमिका हुन्छ । उनले यसलाई अगाडि नबढाए के होला ? एमालेले सापकोटालाई पछिल्लो समय चेतावनी दिइरहेको छ । एमाले छाडेका १४ सांसदको पद रिक्त गर्न सूचना नटाँसेकोमा आलोचना गर्दै आएको छ । एमाले महासचिव शंकर पोखरेलले सापकोटाको राजीनामा सम्म मागेका छन् । यो यस्तो बेलामा आएको छ जतिबेला सत्ता संघर्ष चुलिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दलहरु सत्तामा रहिरहे शक्ति सञ्चय गर्दै जाने भयले ओलीलाई सताएको छ । यसकारण पनि प्रचण्ड र माधव नेपाललाई सत्ताबाट झार्न ओली कम्मर कसेर लागेका छन् ।

सत्ता गठबन्धन तोडेर माओवादी र नेकपा एसलाई कमजोर पार्न सके कार्यकर्ता तान्न सक्न बुझाई ओलीको देखिन्छ । यसकारण पनि उनी काँग्रेससँग सम्झौता गरेर भएपनि रणनीतिक योजनामा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..