बारा । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश स्थित बाहिनीबाट खटिएको स्क्वार्ड टिमले यही चार गते राति १. ४५ बजेको समयमा १ सय ५० किलो गांजा बरामद गरेको छ। नेपालबाट भारत तर्फ लैजादै गरेको उक्त गांजा संवरण गाउँपालिका ६ स्थित सन्फुलवा खेटाकाे बाटो हुदै तस्करी गर्न लागेको अबस्थामा बाहिनीकाे टाेलीले तयारी अवस्थाकाे साे गांजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी देख्नासाथ तस्करीमा संलग्न व्यक्तिहरू फरार भएको सशस्त्र प्रहरीको बारा स्थित गणले जानकारी दिएको छ। सशस्त्रका डिआइजी गणेश ठाडा मगर अहिले लागूऔषध गांजा बिरूद्वकाे अभियानमा सक्रिय छन् ।


