मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ घर भई बिराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन् ।

मिति २०७८ मंसिर २६ गते राती साढे ८ बजे बिराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाईकल सहित दाहाललाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दहाललाई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..