नक्कली पि.सि.आर. रिपोर्ट बनाउने १ जना पक्राउ


झापा । झापाको मेचिनगर-६ स्थितबाट नक्कली पि.सि.आर. रिपोर्ट बनाउने १ जना पक्राउ परेका छन् । मंगलवार साँझ पौने ५ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका राकेश चौहानले देखाएको पि.सि.आर. रिपोर्ट हेर्दा केही शंकास्पद देखीएसंगै अनुसन्धान गर्ने क्रममा नक्कली रिपोर्ट रहेको खुल्न आएको थियो ।

उक्त रिपोटमा मेची अञ्चल अस्पतालको लेटर प्याडमा रिपोर्ट नेगेटिभ लेखिएको पाईएसंगै थप अनुसन्धान गर्ने क्रममा उक्त रिपोर्ट मेचीनगर नगरपालिका-६ मा रहेको Ringji Tours and Travels ले उपलब्ध गराएको खुल्न आएको थियो । नक्कली रिपोर्ट साथमा लिई आएका चौहानको बयानका आधारमा Ringji Tours and Travels का संचालक ३६ बर्षिय पेमा तामाङलाई पक्राउ गरिएको हो ।

तामाङको साथबाट प्रहरीले Acer कम्पनिको ल्यापटप २ थान र EPSON कम्पनिको ल्यापटप १ थान समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..