विचौलीया कार्यमा संलग्न ४ जना पक्राउ

विराटनगर । बिरानगर महा-नगरपालिका-७ स्थितबाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरानगर-१९ का ४६ बर्षिय विनोद राय, बिरानगर-५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर-१२ का ३९ बर्षिय शिव कुमार कामत रहेका छन ।

उनिहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरी चारै जनालाई आवश्यक अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..