लागु औषध सहित २ जना पक्राउ


बिराटनगर । मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका-१३ सैनिक टोल स्थितबाट CRV जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका-६ का ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी हिजो राती ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ अधिकारी टोल की ५० बर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..