सशस्त्र प्रहरीको स्क्वार्ड टिमद्वारा नक्कली नेपाली रूपैयाँ बरामद


सर्लाही । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश स्थित बाहिनीबाट सर्लाहीमा खटिएको स्क्वार्ड टिम र मलंगवा स्थित बिओपीकाे संयुक्तरूपमा खटिएको समूहले एक लाख पन्ध्र हजार नक्कली नेपाली रूपैयाँ सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ। भारत सितामढी घर भएका अाषिश कुमार र प्रमाेद कुमारलाई उक्त नक्कली नेपाली रूपैयाँ सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतीय नम्बर BR 304 4139 नम्बरकाे माेटरसाइकल मार्फत मलगंवा भन्सार हुदै भारत तर्फ लागेका उनीहरूकाे क्रियाकलाप शंकास्पद लागेपछि सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नक्कली नेपाली रूपैयाँ पक्राउ गरेको जानकारी सर्लाही स्थित सशस्त्र प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..