भारतीय सुरक्षा बल एसएसबीद्वारा एक नेपाली कुटिए


सिरहा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर – ५ स्थित घरमोहना तोरयाही  सिमा नाकामा एक नेपाली निर्घात कुटिएका छन् ।

सनिवार भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने घरमोहना बोडरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका घुमुवाले दसगजा मा स्थानीयवासी बिमल यादवलाई निर्घात कुटपिट गरेका हुन् ।

एसएसबी जिब्रान्चका घुमुवा राकेश चौबेले यादवलाई लट्ठी र बुटले कुटेपछि उनी गम्भीर घाइते भएका छन् भने उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

यादवलाई नै एसएसबीक घुमुवाले मेरो सुराकी गरेको भन्दै निर्घात कुटपिट गरेको पीडितले बताएका छन् । यसले गर्दा घरमोहना र तोरयाहीको सीमा नाकामा स्थानीय र एसएसबीबीच तनाव पैदा भएको छ । सो सीमा नाका दिउँसोदेखि अवरुद्ध रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..