मदिरा पिएर कर्मचारीमाथि हातपात गर्ने पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित


काठमाडौं । मदिराले लठ्ठिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कर्मचारीमाथि हातपात गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मी निलम्बनमा परेका छन् ।शुक्रबार बसेको बोर्ड बैठकले घटनाबारे छानबिन गर्न समिति गरेर समितिकाे रिपोर्ट नआएसम्म सीईओबाट रेग्मीलाई निलम्बन गरेको हो।बोर्डले छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ भने तत्काललाई वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।


गत कात्तिक २० गते शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिइओ रेग्मी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित बेलायतको कार्यक्रम सकेर नेपाल आएका थिए । फर्कदा सिइओ रेग्मीले भन्सार नियमभन्दा बढी मादक पदार्थ साथमा बोकेर आएका थिए ।

नियमअनुसार १ लिटरभन्दा बढी साथमा मादक पदार्थ लिएर आउनु नपाइने छ । तर, उनले त्योभन्दा बढी मादक पदार्थ साथमा लिएर आएपछि आगमन कक्षमा उनी भन्सार कर्मचारीको चेकिङ परे ।चेकजाँचकै क्रममा उनले कर्मचारीमाथि हातपात गरेका थिए । पछि उनको स्वास्थ्य चेकजाँच गर्दा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो ।


उक्त घटना घटेको भोलिपल्ट कात्तिक २२ गते मन्त्री प्रेम आलेले सिइओ रेग्मीलाई मन्त्रालयमा बोलाएर केरकार पारेका थिए । तर, चित्तबुझ्दो जवाफ नआएपछि मन्त्री आलेले पर्यटन सचिव तथा बोर्डका अध्यक्ष यादव कोइरालालाई घटनाबारे सत्य तथ्य बुझ्न निर्देशन दिए ।

बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न उपाध्यक्ष उपाध्यक्ष चन्द्र रिजाल संयोजकमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ । अब समितिले उक्त घटनाबारे छानविन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..