सभापतिले पक्कै हाफ सेञ्चुरी हान्नु हुनेछ : उपसभापति गुरुङ


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो इनिङमा शतक नहानेपनि अर्धशतक बनाउने विश्वास व्यक्त गरेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हान्ने गरेको सुनाए ।

उनले अघि भने, ‘हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन सकेन । दोस्रो इनिङ्समा हामी पनि ब्याट्सम्यान छौँ । आशा गरौँ, हाम्रो सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ ।’

उपसभापति गुरुङले आफूहरु निर्णायक ठाउँमा पुगेको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने बताए ।उनले भने, ‘रुपान्तरित भनेको विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौं । विधि बमोजिम चल्ने पार्टी बनाउँछौं । विधान बमोजिम चल्ने पार्टी बनाउँछौं । ’महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि पहिले झैँ ६०–४० को भाग खोज्न नजाने बताए ।

नव–निर्वाचित उपसभापति गुरुङले भने, ‘हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो, त्यो अनुसार ४० प्रतिशत भागबण्डा पाउँ भनेर हात थाप्न थाल्यौं भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौँ । रुपान्तरितवादी होइनौँ भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..