मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका यादव विजय

काठमाडौं । नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् । पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।

कोइराला समूहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका रञ्जित कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए । तर पनि देउवा पक्षका महेन्द्रले बाजी मारे । नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री बालकृष्ण खाणका विश्वास पात्र हुन् ।

यसअघि काँग्रेस केन्द्रीय सदस्य समेत रहका उनी पूर्व खानेपानी मन्त्री पनि हुन् । विमलेन्द्र निधिपछि मधेसको राजनीतिमा महेन्द्रको राम्रो पक्कड छ । काँग्रेसमा मधेसबाट सम्भावना बोकेको नेताको रुपमा महेन्द्र यादवलाई लिइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..