डा.रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज,विरोधी बने सह इन्चार्ज

काठमाडौं । नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् ।१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए । ओलीनिकट सांसद यज्ञ बोगटी सहइञ्चार्ज बनेका छन् । उनले रावलको चर्को आलोचना गर्दै आएका छन् ।


ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा. भीमबहादुर रावलको गृहजिल्लामा पूर्वमाओवादी नेता बोहराले जिम्मेवारी पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सुदूरपश्चिम सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका बोहरा नेकपा पार्टी विभाजनपछि लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए ।

जसरी केन्द्रमा लेखराजले एमाले र ओलीका लागि मन्त्री तथा सांसद पद गुमाए, त्यसैगरी बोहराले प्रदेशमा मन्त्रीका साथै प्रदेश सांसद पनि गुमाउने गरी एमाले प्रवेश गरेका थिए ।१०औं महाधिवेशनअघि सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भनेर विवाद जारी थियो । १०बुँदे गरेर एमालेमै रहेका रावलले आफूलाई इन्चार्ज दाबी गर्दै आएका थिए भने अध्यक्ष ओलीले लेखराजलाई जिम्मेवारी दिएका थिए । इन्चार्जलाई लिएर रावल र भट्टबीच विवाद नै भएको थियो ।

तर १०औं महाधिवेशनपछि भट्ट औपचारिक रुपमै इन्चार्ज तोकिएका छन् भने रावल पार्टीको कुनै जिम्मेवारीमा छैनन् ।

रावलको पछिल्लो भूमिकाप्रति ओलीका साथै भट्ट पनि असन्तुष्ट छन् । ओलीलाई चुनौती दिने रावललाई ‘साइज’मा ल्याउन लेखराजनिकट बोहरालाई रावलको गृहजिल्लामा इन्चार्ज बनाइएको एमालेवृत्तमा चर्चा छ ।


१०औं महाधिवेशनअघि अछाममा रावलनिकट शेरबहादुर कुँवर अध्यक्ष थिए । रावलनिकट संघीय सांसद झपटबहादुर रावललाई भने खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..