महामन्त्रीमा तीन डाक्टर पराजित


काठमाडौं। कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित भएका छन् । दुई महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक परिणामअनुसार तीन डाक्टर उम्मेदवार पराजित भएका हुन् ।


महामन्त्रीमा उम्मेदवारी दिएका तीन डाक्टरमा डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्की पराजित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार महतले एक हजार ५५६, रिजालले ८०९ र कार्कीले १०६ मत ल्याएर पराजित भएका हुन् ।

उनीहरूसँगै प्रदीप पौडेल पनि एक हजार ३९३ मत ल्याएर महामन्त्रीमा पराजित भए । महामन्त्रीमा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका छन् । संयोजक घिमिरेका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..