रोजगारीमा जाने नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आइओएमसँग श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो ।

मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका छन् ।श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले पाँच बर्षे रणनीतिमा उल्लेख गरिएका बिषय कार्यन्वयन गर्न मन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच बर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरेका छन् ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका थिए ।

साथै उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्दताहरुलाई आन्तरिकिकरण गर्दै लगिने कुरा उल्लेख रहेको र यससम्वन्धमा आइओएम नेपालको तर्फबाट सरकारलाई पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..