नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ


रौतहट । नक्कली नेपाली नोटसहित २ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा ८ नरकटियामा चेकजाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको हो ।

रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेका अनुसार उनीहरुको साथबाट १ हजार को दरको ६९ थान र रु ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो ।

पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..