वीपी कोइरालाको पार्टी बल्ल वीपीकै पार्टीजस्तो भएको सन्देश गएकाे छ : डा. रिजाल

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत डा. शेखर कोइराला प्यानलबाट महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले सभापतिमा डा. शेखर कोइरालाको हारले एउटा गतिलो सन्देश गएको बताएका छन् ।

सभापतिमा पराजितपश्चात बुधबार कोइराला समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. रिजालले सभापतिका प्रत्यासी शेखर कोइरालाको हारले वीपीको पार्टी कस्तो हुनुपर्छ भन्ने सन्देश दिएको बताए ।उनले भने, ‘हामी व्यक्तिको भाव खोज्दैनौँ, विचार खोज्छौँ । डा. शेखर कोइरालाले पार्टीलाई गहिरो रुपबाट सम्प्रेषित गर्नुभएको छ । कांग्रेस पूरानो ढंगले चल्दैन । वीपी कोइरालाको पार्टी वीपी कोइरालाकै पार्टीजस्तो हुनुपर्छ भन्ने सन्देश सबैसँग सम्पे्रषण गर्न सफल हुनुभएकोमा डा. शेखर कोइरालाई हार्दिक बधाइ दिन चाहन्छु ।

निर्वाचन हार र जित महत्वपूर्ण होइन, अनुहार कस्तो देखिन्छ भन्ने ।’निर्वाचनले सुन र पित्तल छुट्याएको पनि डा. रिजालले बताएका छन् । उनले चुनावमा जित होस् वा हार तर, कांग्रेसलाई पुनर्जागरण अभियानमा अघि बढाउने शेखर कोइरालाको टिमले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..