आजैदेखि मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भयो : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेर पराजित भएका डा. शेखर कोइरालाले आफ्नो राजनीतिक अब यात्रा नयाँ ढंगले सुरु भएको बताएका छन् ।


बुधबार पत्रकार सम्मेलन गर्दै आफूहरु पराजित नभई विजयी भएको बताउँदै आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको उनले बताए ।उनले भने, ‘साथीहरु, तपाइहरुले माया दिनुभएको छ । यो मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्नेछु ।’

यसअघि उनले आफ्नो प्यानलले उठाएका कदमहरुलाई महाधिवेशनको नतिजाले विजयी देखाएको उल्लेख गर्दै पराजित नभई विजयी भएको बताए ।

उनले भने, ‘स्वस्थ प्रतिस्पर्धाबाट विजयी हुनुभएको छ । साढे ५ वर्ष बेथितीको हिसाबले चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौँ । निर्वाचन भएपछि कोही जित्छ, कोहीँ हार्छ, यसमा मेरो कुनै कुण्ठा छैन । किनकि पार्टीभित्र कस्ले सपोर्ट गर्नुभयो, भएन त्यो थाहा छैन । तर, नेपाली कांग्रेसलाई माया गर्ने लोकतान्त्रिक साथीहरुले हामीले लिएको कदमलाई विजयी भएको सोच्नुभएको छ र हामी विजयी भएका छौँ भन्ने मलाई लाग्छ ।’

डा. कोइरालाले आजैदेखि कांग्रेस रुपान्तरणमा लाग्ने बचन व्यक्त गरेका छन् । ‘म आजैदेखि कांग्रेसको रुपान्तरणमा लागेको छु । सबैको घरदैलोमा जानेछु, साथीहरु पनि जानहुनेछ । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्ने विश्वास लिएका छौँ । भागबन्डा, गुटबन्दीमा लाग्दैनौँ । राम्रो काम गर्यौँ भने पक्कै सोचमग्न बनाउनेछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..