कृषि विश्वविद्यालयको समुदघाटनदक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर प्रदेश बनाउने उद्घोष

सप्तरी । प्रदेश सरकार को महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ ।

पूर्व उपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लाल बाबु राउत ले विश्वविद्यालय को कार्यालय उदघाटन गरेपछि कृषि विश्वविद्यालय ले औपचारिक रूप ग्रहण गरेको हो।

उद्‌घाटन समारोह लाई सम्बोधन गर्दै पूर्व उपप्रधान मन्त्री यादवले ८० प्रतिशत जनता कृषि मै आधारित रहेको हुदा कृषिलाई आधुनिकी करण गर्न प्रदेश सरकार ले कृषि विश्वविद्यालय स्थापना गरेको बताउनु भयो ।

यस विश्वविद्यालय बाट उत्पादन हुने दक्ष जनशक्ति ले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेश बाट गरिवि र बेरोजगारी न्यूनिकरण गर्न ठुलो मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभए सम्म प्रदेश को विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताउनु भयो ।

पदक्ष जनशक्ति उत्पादन गर्ने सिटिईभिटि प्रदेश सरकार मातहत हुनु पर्ने भए पनि संघीय सरकार ले हाल सम्म हस्तान्तरण नगरेको हुदा प्रदेश सरकार विश्व विद्यालय का साथै प्राविधिक शिक्षा बोर्ड समेत स्थापना गर्ने प्रक्रियाशुरु गरि सकेको बताउनु भयो ।

बिना शिप वैदेशिक रोजगारीमा जाने युबा हरुको पिडा बाट प्रदेश सरकार अबगत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउत ले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेश सरकार ले आत्मनिर्भर र रोजगार मुलक प्रदेश बनाउने प्रयास अगाडी बढाएको बताउनु भयो।विश्व विद्यालयको कुलपति समेत रहनु भएका मुख्यमन्त्री राउतले विश्व विद्यालय संचालनका लागी प्रदेश सरकार हर सम्भव प्रयासरत रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले नवनियुक्त उप कुलपति डा. वैद्यनाथ महतोलाई पद तथा गोपनियताको सपथ समेत गराउनु भएको थियो ।सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमा मा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रतिनिधी सभा सदस्य डा. सूर्य नारायण यादव, प्रदेश सभा सदस्य मनिष सुमन, राजविराजका मेयर शम्भु यादव सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..