बेपत्ता बालिकाको शव खाल्डोमा भेटियो


विराटनगर । तीन दिनदेखि वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । मोरङको रंगेली नगरपालिका– २ नहर टोलकी २ वर्षीया बालिका निशा उराउको शव खाल्डोमा फेला परेको हो ।


दुई दिनदेखि बेपत्ता निशाको शव घरदेखि ६० मिटर टाढा पोखरी छेउमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको उनका बाबु चन्द्र उराउले बताए ।

‘आइतबारदेखि खोजिरहेका थियौं तर भेटेको थिएन, हिजो पनि राति १ बजेसम्म बस्यौ,’ उनले भने, ‘बिहानपख भर्खरै खनेको खाडी देखियो, खोतलेर हेर्दा छोरीको कपडा र शव देखेपछि प्रहरीलाई खबर गर्‍यौं ।’


पानीमा डुबेको आशंकामा आइतबार र सोमबार पोखरीमा जाल हानेर पनि खोजिएको थियो । तर मंगलबार घर नजिकै भर्खरै खनिएको खाल्डोमा शव देखिएपछि बुबा चन्द्रले हत्या गरी खाल्डोमा पुरिएको दाबी गरे ।बेपत्ता बालिकाको शव भेटिएपछि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..