राष्ट्रिय योजना आयोगको सुझाव : वायुसेवा निगमलाई कम्पनी मोडल लैजाऊ

काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ । पर्यटन नीति २०६५ तथा पर्यटनसँग सम्बन्धित राष्ट्रिय नीतिहरुको पुनरवलोकन गर्ने सन्दर्भमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो ।


नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सरकारी स्तरबाटै आएको यो आठौं प्रतिवेदन हो । यसअघि सातवटा प्रतिवेदनले सरकारलाई नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न सुझाव दिइसकेका छन् ।पर्यटन नीति २०६५ मा सम्बोधन गर्नुपर्ने विशिष्ट मुद्धाका रुपमा योजना आयोगले राष्ट्रिय ध्वजाबाहकको सुदृढीकरणलाई समेटेको छ ।

यसमा आयोगले राष्ट्रिय ध्वजाबाहकको क्षमता विस्तार तथा व्यवस्थापकीय सुधारमा जोड दिएको छ ।आयोगको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय ध्वजावाहकको क्षमता विस्तार नगरी नेपालको प्रचुर पर्यटकीय सम्भावनाको उपयोग गर्न सकिदैन ।’ यसका लागि नेपाल वायुसेवा निगममा निरन्तर जहाज थप्दै जाने र व्यवस्थापन सुधारको काम समेत सँगै लैजानुपर्ने सुझाव आयोगको छ ।

व्यवस्थापन सुधारका सन्दर्भमा नेपालसँग स्वार्थको द्वन्द्व नभएको विदेशी एयरलाइन्सलाई व्यवस्थापन करारमा दिई अन्य एयरलाइन्ससँग कोड शेयरमा सञ्चालन विस्तार तथा बजार प्रवद्र्धन गर्न सकिने सुझाव दिइएको छ ।
अध्ययन समितिहरुले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न र व्यवस्थापनमा साझेदार भित्र्याउन सुझाव दिए पनि सरकारले यसतर्फ पाइला चालेको छैन ।


आयोगका सुझाव यस्तो छ

• नेपाल वायुसेवा निगमको कानूनी हैसियतमा सुधार गर्न लिमिटेड कम्पनीमा परिणत गरी रणनीतिक साझेदार भित्र्याउने ।

• नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न सक्षम तथा विश्वासिलो विदेशी एयरलाइन्सलाई निश्चित अवधिका लागि निगमको व्यवस्थापन करारमा दिने ।

• नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधारसँगै प्रत्येक वर्ष निश्चित संख्यामा अन्तर्राष्ट्रिय तथा घरेलु उडानका लागि जहाज थप्दै जाने ।

• नेपाल वायुसेवा निगमको विद्यमान आर्थिक विनियमावलीमा परिमार्जन गरी कुनै पनि एउटै निर्माता कम्पनीबाट सिधै प्रस्ताव लिई जहाज खरीद गर्न सक्ने व्यवस्था गर्ने ।
योजना आयोगले नेपाल वायुसेवा निगमको महाप्रवन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सुझाव दिएको छ ।

यो पदमा स्वतन्त्र, निष्पक्ष र योग्यता प्रणालीबाट छानिएको व्यक्तिलाई नियुक्त गर्न आयोगको सुझाव छ ।नेपाल वायुसेवा निगमको व्यवस्थापन, इन्जिनियरिङ र बजारसहित समग्र क्षेत्रमा सुधारको कार्यक्रम लागु गर्नसमेत आयोगले सरकारलाई सुझाव दिएको छ । निगमले काठमाडौंबाट मात्र नभई पोखरा, विराटनगरसहित हब विमानस्थलबाट क्षेत्रीय उडान विस्तार गर्न जनतालाई सेवा दिनुपर्ने सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..