गाविस सचिवविरुद्ध १२ लाख ८६ हजारको भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले गाविस सचिव, विद्युत प्राधिकरणको लेखाका कर्मचारी र नाम झुक्याएर परीक्षा दिई पास गरेका शिक्षकहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

महोत्तरीको तत्कालिन नमुना गाविस गौशालाका सचिव नगेश्वर राय यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गरी १२ लाख ८६ हजार रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीमाथि आर्थिक वर्ष २०६७/६८ को सामाजिक सुरक्षा भत्ताको नक्कली भरपाई बनाई रकम दुरुपयोग गरेको आरोप छ ।

अख्तियारले विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ता विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उनीमाथि ९ लाख ३१ हजार रुपैंया दुरुपयोग गरेको आरोप छ ।

झुटा विवरण उल्लेख गरी शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेको आरोपमा अख्तियारले मनकला चौलागाई र मनिलाल आचार्य विरुद्ध पनि मुद्दा दायर गरेको हो ।उनीहरुले बर्दियाबाट आर्थिक वर्ष २०७४/७५ मा परीक्षा दिएका थिए । अख्तियारले उनीहरुमाथि त्यतिबेलादेखि अहिलेसम्म लिएको तलबको एकमुष्ट हिसाव गरी ६ लाख ७४ हजार रुपैयाँ विगो मागदावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..