सम्झना हत्याका अभियुक्त लालबहादुरलाई जन्मकैद

गुल्मी । रेसुंगा नगरपालिका-३ की २१ बर्षीया सम्झना बोहराको हत्या अभियुक्त ४७ बर्षीय लालबहादुर खत्रीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकाे छ । गुल्मी अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतिले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग दाबीअनुसार जन्दकैद फैसला भएको तहसिलदार रामबहादुर कुवँरले जानकारी दिए । फैसलाको पूर्ण पाठ भने अझै नबनेकाले क्षतिपूर्ति तोकिएको छैन् । बोहराकाे हत्या आराेपमा २९ माघ ०७७ मा खत्रीलाई गिरफ्तार गरी अदालतमा पेश गरिएकाे थियो ।


सम्झना २९ माघ ०७७ देखि बेपत्ता थिइन् । अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुशन्धानमा आरोपितको रोेहबर बस्नेलगायतका कार्यमा सक्रिय थिए । उनले यति मात्रै गरेनन् २ फागुनमा सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिक झुण्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई समेत उचालेका थिए। पटकपटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउ समेत गरे ।

त्यतिबेला आन्दोलनको अग्रपंतिमा हत्यामा संलग्न खत्री नै थिए । सोही घटनाका कारणा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठकाे सरुवा समेत भएकाे थियाे । आन्दोलनकारी प्रशासन कार्यालय छिरेर तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अभद्र व्यवहार समेत गरे । सम्झनाकाे शब १९ दिनपछि घरदेखि डेढ सय मिटर तल बोरामा पाेकाे पारेर फालिएको अवस्थामा फेला परेका थियाे ।

उनैले १७ फागुन ०७७ मा गाउँमा शव गन्हायो भनेर प्रहरीलाई खबर गरे । उनका संकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल्स प्रहरीले निगरानी गरेकाे थियाे । पहिलेबाट प्रहरी निगरानीमा रहेका खत्रीलाई शब भेटिने बित्तिकै पक्राउ गरी सार्वजनिक गर्काे थियाे । मृतक बोहराका ससुरा ५९ बर्षीय गणेश खत्रीले आरोपित विरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..